स्थापना दिवसमा आयोजित रक्तदानमा ५७ युनित रगत सङ्कलन
पाेखरा | फागुन २७, २०८०
पोखरा: पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत सङ्कलन भएको छ ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए ।
यस अघि कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले रगतको अभावमा कुनै पनि नागरिकको ज्यान नगुमोस् र कुनै पनि स्वास्थ्य सम्बन्धी समस्याको कारण रगतको अभाव नबन्न पर्याप्त रगतको व्यवस्थापनमा यस प्रकार कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले रक्तदान कार्यक्रम मानवीय सेवाका दृष्टिकोणले अति आवश्यक र महत्त्वपूर्ण भएको बताए ।
स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू सहित जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

